images
images
  • पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुल्यो

    काभ्रेपलाञ्चोक– सुक्खा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग चारघण्टापछि खुलेको छ ।

    राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा  पहिरो खस्दा आज बिहान छ बजेदेखि  सडक अवरुद्ध भएको थियो  ।  

     प्रहरी चौकी पाँचखालका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक विष्णु फुँयालले पहिरो पन्छाएर सडक खुलाएको बताए।  सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारिसाधन रोकिएका थिए ।

     साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको थियो । उक्त राजमार्गको जिरोकिलो दोलालघाट सडकखण्डमा यसअघि पनि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो । 

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै