images
images
  • मुलुकमा छिट्टै सतप्रतिशत विद्युतिकरणको घोषणा हुन्छ : कुलमान घिसिङ

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छिट्टै मुलुकमा सतप्रतिशत विद्युतिकरण घोषणा हुने बताएका छन् ।

    शनिवार नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक घिसिङले मुलुकमा सतप्रतिशत विद्युतिकरण भएको घोषणा हुने अवस्थामा पुगेको बताएका हुन् ।

    उनले ८ वर्षअघि करिब ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत सेवा अहिले करिब ९९ प्रतिशतभन्दा बढीमा पुगेको भन्दै सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानको सबैभन्दा ठूलो सफलता नै यही भएको बताए । कार्यकारी निर्देशक घिसिङले प्राकृतिक र प्राविधिक कारणले केही क्षण बत्ती जाने र आउने हुनेगरेको भन्दै लोडसेडिङ भने इतिहासको विषय भइसकेको बताए । उनले वर्षायाममा भारततर्फ विद्युत निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न र व्यापार घाटा कम गर्नसक्ने अवस्थामा पुगेको जानकारी दिए ।

    उनले भने – ‘आठ वर्षअघि वर्षायाममा समेत दैनिक ८/९ घण्टा र सुख्खायाममा १८ घण्टा सम्म लोडसेडिङ भोग्नुपरेको कहालीलाग्दो अवस्थाबाट हाल वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत दैनिक ७०० मेगावाट भन्दा बढी निर्यात हुने अवस्थामा पुगेका छौँ । २०७३ सालको तिहारको लक्ष्मीपुजाको दिनदेखि काठमाडौं उपत्यकाबाट प्रारम्भ गरिएको लोडसेडिङ अन्त्यको अभियानबाट २०७५ वैशाखबाट मुलुकभर लोडसेडिङ अन्त्य गर्न सफल भएका थियौँ । प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण बत्ती जाने, आउने गरेतापनि हामी गर्वका साथ भन्न सक्छौँ लोडसेडिङ अब इतिहास भइसकेको छ । त्यतिमात्र होइन वर्षायाममा भारततर्फ विद्युत निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न र व्यापार घाटा कम गर्नसक्ने अवस्थामा हामी पुगेका छौँ । हिउँद याममा अझै केही महिना विद्युत आयात गर्नुपरेका पनि आयातको परिणाम क्रमशः घट्दै जानेछ । गत आर्थिक वर्षबाट देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय बजारमा बिक्री गरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनेर नेपालले गौरवमय इतिहास बनाइसकेको छ । ८ वर्षअघि करिब ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत सेवा अहिले करिब ९९ प्रतिशतभन्दा बढीमा पुगेको छ । सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानको यो नै सबभन्दा ठूलो सफलता हो । अब छिट्टै मुलुक सतप्रतिशत विद्युतिकरण घोषणा गर्ने अवस्थामा पुगेको छ ।’

    कार्यकारी निर्देशक घिसिङले हिउँद याममा अझै केही महिना विद्युत आयात गर्नुपरे पनि आयातको परिणाम क्रमशः घट्दै जाने बताए । उनले सुकुम्वासी, चेपाङ र मुसहर लगायतका विपन्न वर्गहरूलाई निःशुल्क मिटरसहितको विद्युत सेवा उपलब्ध गराइएको पनि बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै