काठमाडौं । एमसिसि नेपालले आफ्नो काममा उल्लेख्य प्रगति भएको बताएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक वर्षमा भएको प्रगति विवरण सार्वजनिक गरेको हो ।
परियोजनाले १० जिल्लामा ८५६ वटा प्रशारण टावरको जग निर्माणका लागि जग्गा प्राप्तिमा प्रगति भएको बताएको छ ।
जग्गा मुआब्जा वितरणको लागि ९ जिल्लामा मुआब्जा निर्धारण समिति गठन भएर काम थालेको बताएको छ ।
पत्रकार सम्मेलनमा एमसिए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर बिष्टले लामो समयदेखि रोकिएका कामहरु सुचारु भएको बताए ।
जग्गा प्राप्तिको काम शुरु हुनु, विभिन्न जिल्लामा मुआब्जा वितरणको लागि समिति बन्नु र धादिङ, मकवानपुर र नवलपरासी पश्चिममा जग्गाको मुआब्जा निर्धारण हुनु उपलब्धि भएको बताए ।
यस्तै विभिन्न ९ जिल्लामा पहिलो चरणको रुख गणना गर्ने काम सम्पन्न भएको बताए । प्रभावित ९ जिल्लामा करिव ४७ हजार रुख काटिने भएको पनि प्रमुख कार्यकारी अधिकृत बिष्टले बताए ।
एमसिए नेपालले ३ वटा मुख्य सवस्टेशनको ठेक्का सम्झौता भएको बताएको छ । नयाँ बुटवल, नवलपरासी पश्चिम, रातमाटे नुवाकोट र नयाँ दमौली, तनहुँ खण्डको ठेक्का सम्झौता भइसकेको बताएको छ ।
त्यस्तै दुई वर्षे जीविकोपार्जन पुनःस्थापना कार्यक्रममार्फत २७० जनालाई तालिम प्रदान गरिएको र प्रभावित क्षेत्रका जनतालाई बैंकिङ साक्षरता तालिम दिइएको बताएको छ ।
त्यस्तै सडक मर्मतसम्भार आयोजनाअन्तर्गत सडक विभागलाई प्रयोगशाा स्तरोन्नति, सडक परीक्षण उपकरण र प्राविधिक तालिम लगायतका सहयोग प्रदान गरेको जनाएको छ ।
आवधिक मर्मतसम्भारका लागि दुई वटा सम्भावित सडक खण्डको पहिचान गरी स्वीकृत गरिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्