images
images
  • चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त

    काठमाडौं। सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी)लाई नियुक्त गरेको छ ।

    बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    बैठकमा सहभागी एक मन्त्रीका अनुसार बोर्डको अध्यक्षका लागि तीन जनाको अन्तिम सूची मन्त्रिपरिषद्मा पठाइएको थियो। ती मध्ये डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएको ती मन्त्रीले जानकारी दिए ।

    डिसी फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी हुन् । उनले सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट अभिनय सुरु गरेका हुन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै