images
images
  • हदम्यादबारे गृहमन्त्रीले भने- भ्रष्टाचारमा जहिलेसुकै मुद्दा चल्न सक्छ

    काठमाडौं- गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद हटाउन सरकार तयार रहेको बताएका छन् । उनकै प्रस्तावमा राज्य व्यवस्था समितिले हदम्यादको प्रावधान हटाएको छ ।

    प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशान समितिको बैठकमा बोल्दै उनले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद हटाएर पहिलाकै व्यवस्था राख्न सरकार तयार रहेको बताएका हुन् ।

    भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद राखिएको थियो ।

    राष्ट्रिय सभाले पारित गरिसकेको उक्त विधेयकमाथि प्रतिनिधि सभामा दफावार छलफल भइरहेको थियो । विधेयकमा हदम्याद राखेर भ्रष्टाचारको मुद्दामा उन्मुक्ति दिन खोजिएको भन्दै व्यापक आलोचना भइरहेका बेला उनले शु्क्रबारको बैठकमा उक्त प्रावधान फिर्ताको प्रस्ताव गरेका थिए ।

    गृहमन्त्री लेखकले भ्रष्टाचारमा जहिलेसुकै मुद्दा चल्न सक्ने बताए । ‘सरकार यो प्रावधान हटाउन तयार छ । जहिलेसुकै मुद्दा चलाउने सुनिश्चितता गरौँ । ५ वर्षे हदम्यादको विषय हटाउन समस्या भएन,’ उनले भने ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै