images
images
  • कांग्रेस महासमिति बैठकका तीन वटै प्रस्ताव पारित

    काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकमा पेश भएका तीन वटै प्रस्तावलाई आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट पारित गरेको छ ।

    बैठकले गत फागुनमा महासमितिमा पेस भएका तीन वटै प्रस्ताव पारित गर्ने निर्णय गरेको छ। महासमितिको बैठकमा प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जनपछि तीनवटै प्रस्ताव सर्वसम्मत रुपमा पारित गरिएको हो ।

    उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीति प्रस्ताव परिमार्जनसहित बैठकबाट पारित भएको हो।

    प्रवक्ता डा.प्रकाशशरण महतले उपसभापति र महामन्त्रीद्वयले महासमितिमा राखेका प्रस्ताव केन्द्रीय समितिले परिमार्जनसहित पारित गरेको बताए ।

    बैठकले कांग्रेसको संगठन सुदृढीकरणका लागि अभियान सञ्चालन गर्ने तथा क्रियाशील सदस्यता वितरण र नवीकरण अघि बढाउने निर्णय पनि गरेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै