images
images
  • बचतकर्ताको भावनामा चोट पुग्नेगरी अभिव्यक्ति नदिन मन्त्री अधिकारीलाई समितिको निर्देशन

    काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले भुमिव्यवस्था, सहकारी र गरिवी निवारणमन्त्री बलराम अधिकारीलाई सहकारीका बचतकर्ताको भावनामा चोट पुग्नेगरी अभिव्यक्ति नदिने निर्देशन दिएको छ।

    मन्त्री अधिकारीले बैंकबाट सस्तोमा ऋण लिएर सहकारीबाट महँगो ब्याज खानेहरू आन्दोलनमा उत्रिएको अभिव्यक्ति दिएपछि छानबिन समितिले ध्यानकर्षण जनाएको हो।

    बचतकर्ताको भावनामा चोट पुग्नेगरी पीडितहरूको आन्दोलन, रिले अनसन र धर्नाप्रति नकारात्मक टिप्पणी र कटाक्ष नगर्न तथा सार्वजनिक अभिव्यक्तिमा संयमित एवं सन्तुलित भएर बोल्न मन्त्री अधिकारीलाई निर्देशन दिएको छानबिन समितिका सभापति सूर्य थापाले जानकारी दिए।

    मन्त्रालयलाई सकारात्मक पहलकदमी लिदै पीडिहरूसँग वार्ता गरेर समस्याको अविलम्ब समाधान खोज्न ध्यानाकर्षण गराएको बताए। आन्दोलनकारीहरूलाई संसदीय छानविन विशेष समितिमा पीडितहरूको प्रतिनिधि मण्डलसँग भएको चार घण्टा लामो छलफलको मर्म र इमान्दार प्रयासलाई विश्वास एवं भरोसा गर्नसमेत अनुरोध गरेका छन्। शुक्रबारको बैठकमा आमन्त्रित अतिथिका रुपमा मन्त्री अधिकारी पनि सहभागी थिए।

    मन्त्री अधिकारीले नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को १४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा भनेका थिए, ‘सहकारीमा एउटै प्रवृत्तिका मान्छे छैनन्। अहिले आन्दोलनमा उत्रिनेहरू बैंकबाट कम ब्याजदरमा पैसा लिने र सहकारीमा लगेर राख्ने खालका छन्। उनीहरू बैंकको ऋण र सहकारीको बचतको बीचमा बसेर नाफा खाइरहन्छन्। आन्दोलन त्यस्ता व्यक्तिले गरिरहनुभएको छ। अगुवाइ गर्न पाइने र पीडितबाट फाइदा लिने प्रवृत्ति देखिएको छ।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै