images
images
  • चौँथो पटक फेरी सर्‍यो नेपाल पत्रकार महासंघको निर्वाचन

    काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन फेरि सरेको छ । महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन सरेको जानकारी दिएका हुन् ।

    यसअघि असोज ५ गतेका लागि तय गरिएको निर्वाचन असोज १२ गते शनिबार गर्नेगरी निर्वाचन समितिलाई पत्रचार गरिएको महासंघले जनाएको छ ।

    अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि परिस्थिति असहज भएकाले निर्वाचन मितिमा सामान्य हेरफेर गरिएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    शनिबार मतदाता सूची र निर्वाचन तालिका सार्वजनिक गर्ने सहमति भएको महासंघले जनाएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै