images
images
  • एक्सन प्लान बनाइ बजार अनुगमन गर्नुस्, मूल्यवृद्धि सह्य हुँदैन : मुख्यसचिव अर्याल

    काठमाडौँ । सरकारका मुख्यसचिव एकनारायण अर्यालले एक्सन प्लान बनाइ बजार अनुगमनलाई प्रभावकारी बनाउन ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

    चाडपर्वको बेलामा खाद्यान्नमा मिसावट हुने, मूलय वृद्धि गर्ने र कालोबजारी गर्ने क्रम बढ्ने भन्दै नागरिकलाई ठगिन नदिन एक्सन प्लान बनाएर बजार अनुगमन गर्न सम्पूर्ण प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।

    शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले चाडपर्व सुरु भएपछि बजारमा मूल्यवृद्धि, मिसावट सुरु हुने गरेको भन्दै आवश्यक निरीक्षण गर्न निर्देशन दिए । स्थानीय तहसँग समन्वय गरेर कुनैपनि हिसाबमा मिसावट, गुणस्तर नभएको सामान सप्लाइ गर्ने र मूल्यवृद्धि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरे ।

    उनले कारबाहीको दायरामा ल्याउने क्रममा कसैले धम्क्याए आफूलाई भन्न पनि आग्रह गरे । उनले जनतालाई सुशासन दिनुपर्ने, अपराधको नियन्त्रण र चाडपर्व र नेपालीहरू निराश भएको अहिलेको अवस्थामा भाडा बढाउने, मिसावट गर्नेकुरा सरकारलाई सह्य नहुने बताए । प्रमुख जिल्ला अधिकारीहरूसँग चाडपर्वको बेलामा भएका आपराधिक गतिविधिहरूको रिपोर्ट प्रस्तुत गर्न पनि आग्रह गरे ।

    उनले सडकलाई खाल्डाखुल्डी रहित बनाउन, पहिरोहरू पन्छाएर सडक व्यवस्थापन सहज बनाउन, सवारी साधनको उपलब्धता सहज गर्न र घटस्थापना भन्दा १५ दिन अघिदेखि नै गाडीको टिकट खुलाउन निर्देशन दिए ।

    उनले भने ‘यहाँ प्रमुख जिल्ला अधिकारीज्युहरु हुनुहुन्छ । चाडपर्व सुरु भएपछि बजारमा मूल्यवृद्धि, मिसावट सुरु हुने गरेको भन्दै आवश्यक निरीक्षण गर्न निर्देशन दिन्छु । उपत्यकाको मात्रै होइन, ७७ वटै जिल्लाका जिल्ला प्रमुखहरूले स्थानीय तहसँग समन्वय गरेर बजार अनुगमनको एक्सन प्लान बनाउनुस् । कुनैपनि हिसाबमा मिसावट, गुणस्तर नभएको सामान सप्लाइ गर्ने र मूल्यवृद्धि गर्नेकुरा सह्य हुँदैन ।’

    जागिर खानका लागि मात्रै कार्यालय आउने र झोला बोकेर नेताहरुकोमा धाउने कामको अन्त्य गर्न पनि आग्रह गरे ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै