विराटनगर । कोशी प्रदेशसभा, विषयगत समितिका सभापतिहरूले आज सामूहिक पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन) को नियम १३४ बमोजिम पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
न्याय प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाँई, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा होमबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए ।
त्यस अवसरमा सभामुख विष्टले विषयगत समितिका सभापति निर्विरोध निर्वाचन हुनुले दलका बीचको एकता, सहकार्य एवं सहमतिको असल संस्कारलाई देखाएको बताए ।
उनले लामो समयपछि ‘मिनि संसद्’ का रूपमा रहेका विषयगत समितिले आफ्ना कामकारबाही उचित र प्रभावकारी ढङ्गले सम्पादन गर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्