लण्डन । विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई वान स्टार लण्डनले सम्मान गरेको छ ।
डा. उपाध्यायले गीत संगीत तथा विविध क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान गरिएको वान स्टार लण्डन लिमिटेड युकेले जनाएको छ ।
डा. उपाध्यायलाई १५३ विश्व कीर्तिमान कायम गर्नुभएकोमा विशेष सम्मान अर्पण गरिएको हो। यो संस्था विश्वको चर्चित संस्था मध्ये एक रहेको र यसले सेलेक्टेड व्यक्तिहरूलाई मात्र सम्मान गर्ने गरेको पाइएको डा. उपाध्यायले बताउनुभयो ।
डा. उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्