images
images
  • ३६ उपसचिवको सरुवा,को कहाँ ?(सुचीसहित)

    काठमाडौं । गृह मन्त्रालयले ३६ जना उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले बुधवार ३६ जना उपसचिवको पदस्थापन तथा सरुवा गरेको हो ।

    उपसचिवहरुको सरुवा हुँदा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् ।मन्त्रालयले बझाङमा ओमप्रसाद  भट्टराई, बाजुरामा मेघनाथ पाध्या,रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, मनाङमा मात्रिका आचार्य र मुगुमा कमल प्रसाद पाण्डेलाई प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको छ ।

    त्यस्तै रुकुम पूर्वमा रुद्रप्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, हुम्लामा नारायण पाण्डेय, मुस्ताङमा विष्णुप्रसाद भुसाल, रसुवामा अर्जुन पौडेल, जुम्लामा रामबहादुर शाहीलाई मन्त्रालयले प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको छ ।

    त्यस्तै मन्त्रालयले १२ जना सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरेको छ । मोरङमा विनोदकुमार पोखरेल, सुर्खेतमा टोपेन्द्रबहादुर केसी, गोरखामा सुवासकुमार लामिछाने, ओखलढुंगामा वेदनिधि खनाल, बाँकेमा खडानन्द खत्री सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको छ ।

    तनहुँमा जीतबहादुर भण्डारी, अर्घाखाँचीमा लालबहादुर गुरुङ, पर्सामा सुमनकुमार कार्की, जाजरकोटमा बन्दना केसी, मकवानपुरमा धोलकराज ढकाल, सुनसरीमा लोकमान श्रेष्ठ र सल्यानमा ज्ञाननाथ ढकाल सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा पठाइएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै