images
images
  • देशभर रुट परमिट खुला

    काठमाडौं । सरकारले आजैदेखि देशभरि रुट परमिट खुला गरेको छ । रुट परमिट आजदेखि दशैँको पूर्णिमासम्म कायम रहने छ ।

    यसअघि सरकारले दसैँको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने निर्णय गरेको थियो । तर, अविरल वर्षाका कारण राजमार्ग र सडक अवरुद्ध भई यातायात सञ्चालन हुन नसकेको अवस्था र प्राकृतिक विपत्तिका कारण यात्रु बाटोमा अलपत्र गरेका यात्रुलाई उद्धार गर्नुपर्ने भएकाले सोमबारदेखि नै रुट परमिट खुला गर्ने निर्णय जनाइएको छ ।

    अहिलेकै रुट परमिटलाई आधार मान्दा असहजता उत्पन्न भएका कारण नेपालभर रुट परमिट खुला गरिएको जनाइएको छ । अहिले दशैंसहितका ठूला चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुको सङ्ख्या बढ्दै गएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै