images
images
  • ‘लेबनानमा रहेका सबै नेपाली सुरक्षित छन्‌’ : परराष्ट्र मन्त्रालय

    काठमाडौं – परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका सबै नेपाली सुरक्षित रहेको दाबी गरेको छ ।

    परराष्ट्रमन्त्री आरजु राणा देउवाको फेसबुक पेजबाट मङ्गलबार बेलुकी एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले लेबनानमा रहेका नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्न सरकार पूर्ण रूपमा सचेत रहेको जनाएको छ ।

    लेबनानमा सक्रिय हिजबुल्लाह कट्टरपन्थी सशस्त्र समूहविरुद्ध इजरायलले हालै ठूलो आकारको आक्रमण थालेको छ । हवाई हमलामा हिज्बुल्लाहका शीर्ष कमाण्डर हसन नसरुल्लाह लगायत शीर्ष कमाण्डर मारिइसकेका छन् ।

    त्यसपछि पनि इजरायलले लगातार आक्रमण गरिरहेकाले लेबनानमा रहेका नेपालीहरूको सुरक्षाबारे चासो बढेको छ । परराष्ट्र मन्त्रालयले चाहिँ लेबनानमा रहेका सबै नेपाली नागरिक सुरक्षित रहेको जनाएको हो । मन्त्रालयले त्यहाँ रहेका सबै नेपालीलाई अधिकतम सतर्कता र सचेतना अपनाउन पनि आग्रह गरेको छ ।

    तत्काल थप सहयोग आवश्यक परे नेपाली राजदूतावास कायरो, अवैतनिक नेपाली वाणिज्य दूतावास बेरुत र परराष्ट्र मन्त्रालय काठमाडौंमा सम्पर्क गर्न मन्त्रालयले फोन नम्बर र इमेल पनि उपलब्ध गराएको छ ।

    अधिकांश मुलुकले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न अनुरोध गरिरहँदा नेपालको परराष्ट्र मन्त्रालयले भने त्यहाँ सबै नेपाली सुरक्षित रहेका दाबी गरेको हो ।

    मन्त्रालयद्वारा जारी विज्ञप्तिः

    नेपाल सरकार
    परराष्ट्र मन्त्रालय
    काठमाण्डौ, नेपाल

    प्रेस विज्ञप्ति

    लेवनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको छ। हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरु सुरक्षित रहनुभएको छ। उहाँहरुको सहजताको लागि निरन्तर प्रयत्न भैरहेको छ । साथै, लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरिन्छ ।
    तत्कालै थप कुनै सहयोग तथा जानकारी आवश्यक परेमा लेवनानमा रहेका नेपाली नागरिकहरु तथा उहाँहरुका आफन्तहरुले निम्न सम्पर्क नम्बर तथा इमेलमार्फत सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

    नेपाली राजदूतावास कायरो: 
    इमेल: eoncairo@mofa.gov.np
    सम्पर्क व्यक्ति/फोन नं.: दीपक घिमिरे, द्धितीय सचिव , +201097772348 (WhatsApp)

    अवैतनिक नेपाली वाणिज्यदूतावास बेरुत
    इमेल: consul@consulateofnepal.com
    सम्पर्क व्यक्ति/फोन नं.: मोहम्मद गोजायल,+9613301181/+96171688821/+96181883713

    परराष्ट्र मन्त्रालय काठमाडौं
    इमेल: waa@mofa.gov.np
    सम्पर्क व्यक्ति/फोन नं: श्रीकृष्ण सिलवाल, शाखा अधिकृत , +९७७९८४११७९५२०

    परराष्ट्र मन्त्रालय
    सिंहदरबार, काठमाडौं ।
    २०८१ असोज १५

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै