images
images
  • हर्क साम्पाङविरुद्ध एमाले, माओवादी र रास्वपाको मोर्चा

    धरान- विभिन्न ६ राजनीतिक दलले उपमेयरलाई बाइपास गरी वडाअध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिने धरानका मेयर हर्क साम्पाङको निर्णयप्रति आपत्ति जनाएका छन् ।

    एमाले नगर अध्यक्ष हर्कजंग एभेङ, माओवादी नगर अध्यक्ष  सूर्यबहादुर भट्टराई मनोज, जसपा नगर अध्यक्ष  ताजुब लिम्बु, एकीकृत समाजवादीका रेवतीरमण राई, रास्वपा उपसभापति राम कार्की र  राप्रपा संयोजक नरेश शाक्यले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै साम्पाङले गलत गरेको बताएका छन् ।

    ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४  (क)१२ मा ‘सात दिनभन्दा बढी समय गाउँपालिका अध्यक्ष वा नगरपालिकाका प्रमुख अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ भन्ने स्पष्ट व्यवस्था रहेको छ, ’६ दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    उपमेयर अइन्द्रबिक्रम बेघालाई नदिई वडा नम्बर ११ का अध्ययक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएपछि साम्पाङको आलोचना भइरहेको छ ।

    १ कात्तिकमा बेलायत जान लागेका साम्पाङले बिहउड्ने २३ असोजमा पत्र लेख्दै २८ असोजदेखि आफू नआउन्जेलसम्मका लागि वडाध्यक्षलाई फागोलाई विभिन्न ५ सर्तसहित कार्यवाहकको जिम्मेवारी दिएका छन् ।

    उपप्रमुख बेघाले मेयर साम्पाङको गैरकानूनी रुपमा कार्यवाह तोकेको भन्दै आफू कार्यवाहक मेयर भएको बताएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै