images
images
  • इजरायलको नयाँ विधेयकले प्यालेस्टाइनमा थप संकट

    जेरुसेलम – इजरायली संसद्ले संयुक्त राष्ट्र सङ्घीय प्यालेस्टाइनी रेफ्युजी एजेन्सी (अन्रव) लाई इजरायल अधीनस्थ प्यलोस्टाइनको गाजामा गतिविधि गर्न प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ।

    अन्रव र इजरायलको सम्झौता पनि भङ्ग गरिएको छ। अन्रव इजरायलसँगको कानुनी वैधता पनि सकिएको छ। अमेरिका, बेलायत र जर्मनीले यस घटनामा गम्भीर चासो देखाएका छन्।

    बेलायती विदेश सचिव डेभिड लेमीले यसलाई पूर्ण रूपमा गलत भनेका छन्। उन्रवका प्रमुख फिलिप लाजारानीले यसले प्यालीस्टाइनी अझ गहिरो दुखमा पुग्ने बताएका छन्।

    संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेजले इजरायल प्यालेस्टाइन युद्धलाई अझ जटिल बनाएको तथा त्यहाँको अवस्था अझ बिग्रन सक्ने चेतावनी दिएका छन्।

    अमेरिकी विदेश विभागले त्यहाँ मानवीय सहयोगको कार्य अझ कठिन बनेको जनाएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उन्रव आतङ्कवादी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्।

    इजरायलले उन्रवका १९ जना ७ अक्टोबरमा हमासले गरेको आक्रमणमा समेत सरिक भएको जनाएको छ। राष्ट्र संघले यसको अनुसन्धान गर्दै ९ जनालाई बर्खास्त गरी सकेको छ। इजरायलको संसद् नेसेटको बहुमतले सोमबार २ विधेयक पारित गरेको हो। उन्रवले गत एक दशक देखि गाजाका शिक्षा र स्वास्थ्यमा सहयोग गरी रहेको छ।

    गत वर्ष युद्ध सुरु भएदेखि तल्लो तहदेखि नै त्यहाँ सहयोग गर्ने काम निरन्तर भइरहेको छ। उन्रवका कमिस्नर फिलिप लाजारनीले यसलाई राष्ट्र सङ्घीय चार्टर तथा अन्तर्राष्ट्रिय कानुनको विपरीत भएको जनाएका छन्। यो निर्णयले गाजामा रहेका ६ लाख ५० हजार बाल बालिकाको शिक्षा तथा स्वास्थ्यमा खेलबाड गरिएको जनाएका छन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै