२४ कार्तिक २०८१ । सुन्दरढोका साथिसेवा अन्र्तगत विकास शिल्ड कार्यक्रमको आयोजना तथा व्हिलचियर बास्केटबल फेडेरेशन अफ इण्डियासंगको समन्वयमा एक हप्ते व्हिलचियर रेफ्री तालिम र खेलाडी वर्गीकरण तालिम औपचारिक रुपमा आजदेखि शुरु भएको छ ।
डुक्मांडू बास्केटबल, सिमलटार बौद्ध काठमाडौमा संचालन भईरहेको सो तालिम आगामी सोमबार मंसिर २६ गते औपचारिक रुपमा समापन हुनेछ ।
तालिमको अन्तमा २१ जना सहभागिहरुले व्हिलचियर बास्केटबल खेल संचालन गर्न रेफ्रीको प्रमाण पत्र पाउनुको साथै ११ जना खेलाडीहरुले वर्गिकरणको प्रमाण पत्र प्रदान गर्नेछन ।
यसै तालिमको अवधिमा काठमाडौं उपत्यकाका बिभिन्न कलबमा रहेका करिब १३० जना व्हीलचियर बास्केटबलका खेलाडीहरुको वर्गिकरण गरी औपचारिक रुपमा खेलाडी वर्गीकरणको कार्ड समेत प्रदान गरिने संस्थाका कार्यक्रम व्यवस्थापक ज्ञाननारायण श्रेष्ठले रातोपाटीन्यूजलाई जानकारी गराउनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्