images
images
  • पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले राजकीय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङकाअनुसार सरकारले पूर्वसभामुखढुंगानाको निधनमा शोक मनाउन मंसिर ३ गते सार्वजनिक बिदा दिने र नेपालका सरकारी कार्यालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

    उनले भने, ‘प्रतिनिधि सभाका पूर्वसभामुख श्री दमननाथ ढुंगानाजीको ८३ वर्षको उमेरमा हिजो अपरान्ह असमायिक निधन भएकोमा नेपाल सरकार गहिरो शोक प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । यस दुःखद् घडीमा शोक सन्तप्त परिवारजन र शुभेच्छुकप्रति नेपाल सरकार गहिरो समवेदना व्यक्त गर्दछ । नेपालको संसदीय प्रणालीलाई व्यवस्थित गर्नको लागि उहाँले सभामुखको भुमिकामा रहेर निभाउनुभएको कामको उच्च कदर गर्दै स्व।ढुंगानाको निष्ठा र भावनालाई सबैले आत्मसाथ गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको रहेको छ ।

    प्रतिनिधि सभाका पूर्वसभामुख दमननाथ ढुंगानाको अन्तिम सम्मान २०६६ चैत्र ४ को नेपाल राजपत्रमा प्रकाशित अन्तिम सम्मान सम्बन्धित खण्ड (क)को क्रमसंख्या ४ (क) बमोजिम अन्तिम संस्कार गर्ने व्यवस्था मिलाउने । राजकीय सम्मानअनुसार अन्त्येष्टि हुन्छ । उहाँको निधनमा शोक मनाउन वि.सं. २०८१ साल मंसिर ३ गते सार्वजनिक बिदा दिने । नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने ।’

    पूर्वसभामुख ढुंगानाको मंसिर २ गते आईतवार ८३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । पूर्वसभामुख ढुंगानाको निधनमा सरकारले शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै