काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थुनामुक्त भएका छन् । जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारी सोमबार थुनामुक्त भएका हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको निर्णय अनुसार कोशी प्रदेशका पूर्व कानून मन्त्री रहेका अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सरकारी वकिलको कार्यालय काठमाडौँले पूर्व मन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरेको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा अन्य ११ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ ।
एमाले प्रदेश सांसद अधिकारी गत कार्तिक २५ गते पक्राउ गरेका थिए । जापान जाँदा नक्कली कागजात बनाएर मन्त्रालयसँग असम्बन्धित मान्छे लगेको उनीमाथि आरोप लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्