images
images
  • शुभप्रभात सहकारीको १६ औं बार्षिक साधारणसभा सम्पन्न

    रातोपाटीन्यूज, सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–९ स्थित शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

    बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यमा संस्थाको अध्यक्ष बिकाशकाजी श्रेष्ठको अध्यक्षतामा केतु बोडिङको प्रांगणमा सम्पन्न भएको छ ।

    उउक्त साधारण सभामा नगर प्रमुख बालकृष्ण बस्नेतले यसै बर्षबाट नगरको तर्फबाट बचत तथा ऋण सहकारी संस्थाहरुको लागि प्रवर्धनात्मक कार्यक्रम अन्तर्गत तालिम उपलब्ध गराउने र कृषि सहकारीहरुलाई उत्पादनमा आधारित सहयोगको कार्यक्रम ल्याउने बताएका छन् । ‘सन्तुष्ट सदस्य, उत्कृष्ट सहकारी’ नाराका साथ सञ्चालित शुभप्रभात सहकारी संस्थाले बार्षिक साधारण सभामा आर्थिक तथा प्रगति प्रतिवेदन पेश गरिएको थियो ।

    साधारण सभाले नयाँ संचालक तथा लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । जसमा अध्यक्षमा दिल्लीप्रसाद तिमल्सिना, उपाध्यक्षमा यादव दाहाल, सचिवमा रमेशप्रसाद तिमल्सिना, सह–सचिवमा बिष्णु प्रसाद पौडेल, कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ चयन भएका छन् । सदस्यमा सुनकुमार राउत, रामबहादुर श्रेष्ठ, बिभर श्रेष्ठ, रामकृष्ण भण्डारी, स्वस्थानी थापा, रोशनी श्रेष्ठ, नारायण बहादुर राय, रामबहादुर थापा छनौट भएका छन् ।
    त्यस्तै लेखा समितिमा नमराज थापा संयोजक र सदस्यहरुमा राजकुमार शाक्य, नानु श्रेष्ठ चयन भएका छन् । संचालक समिति र लेखा समिति दुवै सर्वसहमत छनौट गरिएको संस्थाको ब्यवस्थापक सुरेन्द्र तिवारीले बताए ।

    बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, त्रिपुरासुन्दरी गापा, बलेफी गापा, सुनकोशी गापा लगायत कार्यक्षेत्र रहेको सो सहकारीमा ६३५७ जना सदस्य, ४९० जना बाल बचतकर्ता रहेको जानकारी प्रतिवेदनमा उल्लेख छ । संस्थाले बचत अन्तर्गत नियमित बचत, ऐच्छिक बचत, शेयर बचत, बिशेष बचत, बाल बचत, कोपिला बचत, जेष्ठ नागरिक बचत, कर्मचारी बचत, रेमिट बचत, क्रमिक बचत, आवधिक बचत जस्ता योजना सञ्चालन गरिरहेको छ भने ऋणतर्फ घरजग्गा धितो ऋण, हायर पर्चेच ऋण, ब्यवसाय ऋण, ब्यक्तिगत धन जमानी ऋण, सामूहिक जमानी ऋण, प्रोप्रेसनल ऋण, कृषि तथा पशुपालन ऋण, स्पेसल घर कर्जा, घरजग्गा खरिद ऋण, आपतकालीन ऋण, स्वास्थ्य उपचार ऋण, शैक्षिक ऋण, महिला उद्यमी ऋण, बैदेशिक रोजगार ऋण, शुभ ब्यवसायी ऋण, कर्मचारी सहुलियत ऋण र आवधिक बचत धितो ऋण रहेको तिवारीले बताए ।

    संस्थाको आर्थिक प्रतिवेदननुसार ४ करोड २४ लाख ९८ हजार चार सय शेयर पुजीँ, ३ करोड ८५ लाख ७० हजार १८७ रुपियाँ जगेडा कोष, १ करोड २६ लाख २४ हजार २९५ रुपियाँ, अन्य कोष, ५५ करोड ९९ लाख ८९ हजार ८५०, दुई करोड ७० हजार ५५६ रुपियाँ स्थिर सम्पत्ति, ३३ करोड १३ लाख २७ हजार १०७ रुपियाँ ऋण लगानी, ७ करोड ४९ लाख ५० हजार ८८० रुपियाँ ४५ पैसा कूल सम्पत्ति, १ करोड १५ लाख ३३ हजार, ११५ रुपियाँ ३४ पैसा खुदनाफा, ६८ करोड ७३ हजार ४४ हजार २९४ रुपियाँकुल सम्पत्ति तथा दायित्व रहेको व्यवस्थापक तिवारीले बताए ।

    उक्त सहकारीले सदस्य र बाल बचतकर्तालाई एक लाख बराबरको निशुल्क दुर्घटना बीमा, मृगौला फेल, ब्रेन टयुमर, प्यारालाइसिस, क्यान्सर, मुटु रोग जस्ता प्राणघातक रोगको उपचारको लागि १० हजार उपचार सहयोग गर्दै आएको, सदस्य तथा सदस्यको एकाघरको परिवारका सदस्यको स्वास्थ्य उपचारका लागि ३ महिना अवधिको लागि शून्य ब्याजदरमा ५० हजारसम्म ऋण सापटी प्रदान गर्दैआईरहेको व्यवस्थापक तिवारीले बताएका छन् ।

    सो सहकारीले बिभिन्न सामाजिक उत्तरदायित्वको कार्य गर्दै प्रत्येक बर्ष सामुदायिक बिद्यालयमा प्लस टुमा अध्ययनरत न्यून आय भएका, जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान, सहकारीमा आवद्ध भई बिभिन्न बचत, कारोबार, जेष्ठ सदस्य, कर्मचारीलाई सम्मान पुरस्कार प्रदान गर्दै आएको छ ।

    सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ सदस्य सम्मान, रक्तदान कार्यक्रम, छात्रवृत्ति कार्यक्रम, प्रतिक्षालय निर्माण तथा विद्यालयहरुलाई सहयोग उपलब्ध गराउदै आएको पाईएको छ ।

    संस्थाले संरक्षित पुँजी फिर्ता कोषको रकमबाट संस्थाका सदस्यहरुले गर्ने बचत तथा ऋणको कारोबारको आधारमा प्रत्येक बर्ष लाभाशं बितरण गरिरहेको समेत ब्यवस्थापक तिवारीले जानकारी दिएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै