काठमाडौं । चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङको मंगलबार भएको भेटमा सिले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेका हुन् ।
यस्तै भेटमा राष्ट्रपति सीले नेपालको विकास र समृद्धिमा चीनको बलियो साथ रहने प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी र चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरेका हुन् । सोमबार चीन भ्रमण गएका ओली यही मंसिर २० गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्