काठमाडौं । नेपाल वायु सेवा निगमको वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासबाट यो फैसला भएको हो ।
एक अर्ब ४७ करोड रूपैयाँ हानि नोक्सानी भएको यस प्रकरणमा पूर्वमन्त्री शाहीले सफाइ पाएका हुन् । उनी हाल कर्णाली प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता छन् । यसअघि उनी मुख्यमन्त्री समेत भएका थिए ।
तत्कालीन पर्यटन मन्त्री शाहीले बैंक ग्यारेन्टीबिनानै प्रतिबद्धता शुल्क भुक्तानीको लागि डलर सटहीको सिफारिस गरेको, कानुनविपरीतको एमओयूलाई वैधानिकता प्रदान गरेको, निजबाट भएको निर्णयले त्यसपछि आउने पदाधिकारी तथा निकायलाई एमओयु बदर गरे प्रतिबद्धता शुल्क पनि गुमाउनुपर्ने र बिमान पनि प्राप्त नहुनेजस्ता दोहोरो जोखिम देखिएको अख्तियारको आरोप थियो ।
तर नेपाल वायु सेवा निगम ऐन २०१९ मा विषय विषयमा नेपाल सरकारलाई जिम्मेवारी दिइएको भए पनि मन्त्रीलाई त्यस्तो कुनै छुट्टै जिम्मेवारी दिएको नदेखिएको फैसलामा भनिएको छ । निगमको कुनै पनि खरिद प्रक्रियामा कुनै पनि जिम्मेवारी तोकिएको नदेखिएको अदालतले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्