images
images
  • रिन्पोछेसँग ध्यानमा हराँउदा

    अनिश तिवारी- प्राचीन ह्योल्मो सभ्यता र बौद्ध धर्मको प्रसिद्ध सम्प्रदायको महान तिर्थस्थलले घेरिएको संगमस्थल हेलम्बु प्राकृतिक छटाले भरिपुर्ण छ ।

    लेकाली जंगल, कलात्मक पहाड, अनि श्वेतमय हिमश्रृंखला । ह्योल्मोभूमि गुम्बा, स्तुपा, माने छ्योर्तेनको बजार हेलम्बुको वरिपरिका यी मनमोहक दुश्य आफैमा रसमय छन् ।

    शुक्रबार हामी हेलम्बु सरकारको निमन्त्रणामा माथिल्लो भेग घोप्टेघ्याङ पुग्दा प्रसिद्ध परमपुज्य रिन्पोछे भेटिए । उनी थिए, बौद्ध धर्मको प्रसिद्ध सम्प्रदाय कग्युका धर्म गुरु ड्रिकुङ क्यावगोन तेन्जिङ कुन्जाङ ठिन्ले ल्हुन्डुप छेचाङ रिन्पोछे । त्यतिखेर हेलम्बु ६ स्थित बोधिसत्व मोडेल स्कुलमा पुजा र विश्राम सकेपछि उनी स्थानीय र अन्य लामालाई ध्यान, मन्त्र जप, साधना विधि सिकाँउदै थिए ।

    हेलम्बु गापा अध्यक्ष निमाग्याल्जेन शेर्पाले हामीलाई आशिर्वाद लिनका लागि रिन्पोछेसँग समय बचत गरिदिए । फलस्वरूप हामीले प्रत्यक्ष उनीसँग केही समय बितायौ । जब मैले उनको आँखामा हेरे, म भित्र अनन्त शान्ति दौडियो, एउटा गहिरो उर्जा दौडियो । एकाएक मेरा आँखा बन्द भए, हात नमस्तक भए । लाग्थ्यो ८२ वर्षे उमेरको उनको शरिरबाट परपरसम्म एउटा आभा फैलिइरहेको छ ।

    मौन र शान्त उनका आँखा धेरै गहिरा कुरा बोलिरहेका छन् । जसलाई शब्दमा बताउन सकिदैन । म चुपचाप उनी छेउ पुगे, अनि उनले मुस्कुराँउदै उनका लागि लगिएको दोसल्ला उल्टै मलाई ओडाइदिए । अनि हातले छुँदै आशिर्वाद दिए, अनि शान्त र मधुरो स्वरमा भने, ‘ओम् ‘ ।

    मेरो शरिरभरी ओम गुञ्जियो । ह्रदय शुन्यवत भयो । फर्किने बेलामा मैले उँहाको आँखामा हेर्दै भने ‘धेरै धन्यवाद गुरु जि हजुरलाई ।’

    शुक्रबार दिनभर बोधिसत्व मोडेल विद्यालयको आँगनमा ध्यान र साधना सिकाए उनले । अनि प्रसाद, कवच प्रस्तुत गरे । हेलम्बु गापाका अध्यक्ष निमाग्याल्जेन शेर्पाकानुसार शुक्रबार घोप्टेघ्याङ र शनिबार जेचुन मिलारेपामा उनले ध्यान सिकाए ।

    बौद्ध धर्मको प्रसिद्ध तिर्थस्थलले घेरिएको ह्योल्मोभुमीमा उनले तिब्बतका महायोगी मिलारेपा र बज्रयान सम्प्राद्वयका बज्रगुरु रिन्पोछेले हेलम्बु आएर ध्यान गरेको स्मरण गरे । उहाँले ध्यानविधि सिकाउनुभयो,  ग्रेट ट्रेलको मनमोहक स्तुपामा प्राण प्रतिष्ठा गर्नुभयो, गापा अध्यक्ष शेर्पाले भने ।

    शुक्रबार यँहाको भेह्युल क्षेत्र, ग्रेट ट्रेल, जेचुन मिलारेपा अवलोकन गरेका थिए । शनिबार मिलारेपाले ध्यान गरेको गुफा र गुम्बामा ध्यान र जप सिकाएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै