images
images
  • रविसहित पाँच जनालाई अदालत उपस्थित गराइयो, मुद्दा न्यायाधीश राईको इजलासमा

    काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसहित पाँच जनालाई बयानका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

    रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो ।

    आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाले आजदेखि बयान हुने छ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ । थुनछेक बहस अगाडि बढाउन न्यायाधीश नितिज राईको इजलासमा पेशी तोकिएको छ । अब राईकै इजलासले रविसहितका प्रतिवादीहरुलाई थुनामा राख्ने कि थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश दिनेछ ।

    लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गर्दै प्रतिवादी बनाइएको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो कायम गरिएको छ । उनीबाट यो बिगो भराउन र कैद सजाय गर्न पनि माग गरिएको छ ।

    रवि र उनकी पत्नी निकिता पौडेलका नाममा रहेको सम्पत्ति पनि जफत गर्न सरकारी वकिलको माग छ । निकितालाई पनि सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै