images
images
  • भीम रावल धनगढी पुग्दा विमानस्थलमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

    काठमाडौं । कैलालीस्थित धनगढी विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ ।

    शुक्रबार बिहान नेकपा एमालेबाट बहिर्गमनमा परेपछि मातृभूमि जागरण अभियान चलाइरहेका डा. भीम रावल धनगढी पुग्दा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी भएको हो ।

    रावल विमानस्थल ओर्लिँदा उनका समर्थकहरूले एमालेको विरोधमा नारा लगाए थिए । उनीहरुले ‘भीम रावल आऊ, देश बचाऊ’, केपी ओली मुर्दावाद’ लगायता नारा लगाएका हुन् ।

    विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता रावलले सबै देशभक्तलाई समेटेर वैकल्पिक शक्ति बन्ने दाबी गरेका छन् । हालै विराटनगर गएका बेला राजावादीहरुले स्वागत गरेको विषयमा उनले राजावादीलाई भेट्दैमा आफूलाई पनि राजावादी भन्न नमिल्ने बताए ।

    रावल पत्रकार भेटघाटपछि गृहजिल्ला अछामको रामारोशनतर्फ प्रस्थान गरेका छन् । उनी नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापासँग हवाईजहाजको एउटै सिटमा बसेर काठमाडौंबाट धनगढी पुगेका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्