images
images
  • प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक

    काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०२५ को खेल तालिका सार्वजनिक भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार प्रतियोगिताको पहिलो दिन तीन खेल हुनेछन् ।

    पहिलो दिन सिद्धार्थ रंगशालामा कोसी प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, एक्स्ट्राटेकमा वाग्मती प्रदेशले एपीएफको सामना गर्दा लमहीमा कर्णालीले सुदूरपश्चिम प्रदेशविरुद्ध खेल्ने छ ।

    प्रतियोगिताको फाइनल खेल चैत १६ गते सिद्धार्थ रंगशालामा हुने क्यानले जनाएको छ । प्रतियोगितामा सात प्रदेशसँगै तीन विभागीयसहित कुल १० टोलीले सहभागिता जनाउने छन् ।

    प्रतियोगिता फागुन २५ देखि चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्