images
images
  • बालेनको आक्रोशपूर्ण टिप्पणी- एमाले कार्यकर्ताहरूलाई दिए भ्रष्टहरूको संज्ञा

    काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले फेरि प्रधनमन्त्री केपी शर्मा ओलीमाथि खनिएका छन् ।

    उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् नेकपा एमालेका अध्यक्ष ओली नेतृत्वको सरकारलाई भ्रमको खेती गरेवापतको विद्या वारिधिको उपाधि दिनुपर्ने टिप्पणी गरेका छन् ।

    ‘भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ,’ उनले ६ वटा उदाहरणहरू दिँदै फेसबुकमा लेखेका छन् ।

    बालेनले आफू प्रधानमन्त्री ओलीको शत्रु नभएर विकासको साझेदार भएको पनि उल्लेख गरेका छन् ।

    ‘प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईंका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईंकै कार्यकालमा भएका हुन् भनिदिउँला,’ उनले लेखेका छन्, ‘तर, त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पूर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरि त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईंकै हो ।’

    महानगर प्रमुख बालेनले एमालेका कार्यकर्तालाई भ्रष्टको संज्ञा दिँदै उनीहरूले जतिसुकै भ्रम फैल्याए पनि नझुक्ने जिकिर गरेका छन् ।

    ‘जति भ्रम फैलाए पनि, हामी तपाईंको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ । महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन,’ उनले भनेका छन्, ‘अहिलेका लागि देशमा आवश्यक सबै भन्दा ठूलो कुरा सुशासन हो । भ्रष्टहरूविरूद्धको लडाइँ हो ।’

    बालेनले सुशासनका लागि आफू जोसँग पनि जुध्न तयार रहेकोसमेत उल्लेख गरेका छन् । ‘सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिनँ । सुशासन कायम गरेरै छोड्छु,’ उनले फेसबुकमा लेखेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्