images
images
  • महिला क्रिकेट खेलाडीको वार्षिक करार सूची सार्वजनिक, ग्रेड ‘ए’ मा पर्ने ४ जनालाई मासिक ५० हजार

    काठमाडौं । नेपाल क्रिकेट संघ (CAN) ले नेपाली महिला क्रिकेट खेलाडीहरूका लागि वार्षिक करार सूची सार्वजनिक गरेको छ। वार्षिक करार अन्तर्गत खेलाडीहरूलाई चार श्रेणीमा वर्गीकरण गरी मासिक तलब प्रदान गरिने व्यवस्था गरिएको क्यानले जनाएको छ ।

    ग्रेड ‘A’ मा रुबिना क्षेत्री, सिता राना मगर, पूजा महतो, र इन्दु बर्माले स्थान पाएका छन्। यी खेलाडीहरूलाई मासिक ५० हजार रुपैयाँ प्रदान गरिने क्यानले जनाएको  छ।

    ग्रेड ‘B’ मा कविता जोशी परेकी छन्, जसले मासिक ३५ हजार रुपैयाँ पाउनेछिन्। ग्रेड ‘C’ मा कविता कुँवर र सम्झना खड्का छन्, जसलाई मासिक २५ हजार रुपैयाँ दिइनेछ।

    सबैभन्दा बढी खेलाडी समेटिएको ग्रेड ‘D’ मा १२ खेलाडीहरू रहेका छन्, जसमा बिन्दु रावल, अलिशा यादव, सना प्रबिन, रिया शर्मा, सीमा केसी, सबित्रा धामी, रोमा थापा, ईश्वरी विष्ट, कृष्णा गुरुङ, जोत्स्निका मरासैनी, रचना चौधरी, र मनिषा उपाध्याय रहेका छन्। उनीहरूलाई मासिक २० हजार रुपैयाँ प्रदान गरिने क्यानले जनाएको  छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्