images
images
  • पहिचानवादी पोमू पक्राउ- तीन दिनभित्र जवाफ दिन ताप्लेजुङ प्रशासनलाई सर्वोच्चको आदेश

    काठमाडौं– सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई मुक्कुमलुङ संरक्षणका लागि आन्दोलनरत पहिचानवादी नेता नवीन पोमूलाई पक्राउ गर्नुको कारणबारे तीन दिनभित्र जवाफ दिन आदेश गरेको छ ।

    सर्वोच्चका न्यायाधीश कुमार चुँडालको एकल इजलासले शुक्रबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई पहिचानवादी नेता पोमसमेतलाई पक्राउ गर्नुको कारणबारे तीन दिनभित्र जवाफ दिन आदेश दिएको हो ।

    ‘यसमा के कसो भएको हो ? निवेदकको निवेदन मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानुनबमोजिमको आधार कारण भए त्योसमेत साथै राखी यो आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक ३ (तीन) दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेस गर्नू’ आदेशमा भनिएको छ ।

    गत फागुन दोस्रो साता ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर वीरेन्द्रचोकमा ‘नो केबलकार’ र प्रहरीबीच भएको झडपका क्रममा १५ जना पक्राउ परेका थिए ।

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले त्यसबेला आपराधिक उपद्रव र हुलदङ्गा गर्ने अभियोगमा उनीहरूलाई पक्राउ गरेको जनाएको थियो ।

    पक्राउ पर्ने १५ जनामध्ये ताप्लेजुङका एक जना मात्र थिए । जसमा चार जना महिला थिए । पक्राउ परेकामध्ये एकजना मात्रै ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं. १ निवासी ४५ वर्षीय नवीन पोमू थिए।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्