images
images
  • यस्तो छ एकीकृत समाजवादीको आन्दोलन कार्यक्रम

    काठमाडौँ– नेकपा एकीकृत समाजवादीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ।

    ‘रोजगारी र सुशासनका लागि’ भन्दै शुक्रवार पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो।

    पार्टीका महासचिव तथा केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजक घनश्याम भुसालले आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड–घटाउबाट मुक्त गर्न थालिएको बताए।

    उनले भने, ‘यो आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड-घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन होस बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी होर राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरुका बीच सहकार्य र एकताको अभियान हो।’

    आन्दोलनको पहिलो चरण

    चैत्र १ गते पत्रकार सम्मेलन,

    चैत्र २–६ सम्म मातहत कमिटीहरुमा छलफल,

    चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरुसँग सम्वाद तथा सुझाव संकलन,

    चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने,

    चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन,

    वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने,

    वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक सम्वाद तथा सुझाव संकलन,

    वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरुमा ज्ञापन पत्र पेश गर्ने,

    वैशाख २५ गते दोश्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्