
काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गर्दै अन्तर्वार्ताका लागि मिति तोकेको छ।
आइतबार जारी सूचनाअनुसार नेप्सेको सीईओका लागि आवेदन दिएकामध्ये ५ जना- चूडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल परेका हुन्।
उनीहरूलाई व्यावसायिक कार्ययोजना लिएर यही चैत ६ गते बुधबार बिहान ७ बजे अर्थ मन्त्रालयमा उपस्थित हुन भनिएको छ।
हेर्नुहोस् सूचना:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्