
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी प्रकरणमा जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन जाने भएका छन् ।
कालीमाटी स्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचनसँग सम्बन्धित मुद्दामा जिल्ला अदालतले गरेको आदेशविरुद्ध उनी अहिले विहान ११ बजे पाटन उच्च अदालत जाने भएका हुन् । यस अघि माघ २ गते काठमाडौँ जिल्ला अदालतले उक्त मुद्दामा ६० लाख धरौटीमा रिहा गर्न आदेश भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्