images
images
  • कुलमान हटाएपछि शेखरको प्रतिक्रिया- सरकारको कुशासनको निरन्तरताको अर्को कडी !

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयलाई लिएर चर्को आलोचना भइरहेको छ । विपक्षी मात्र होइन, सत्तारुढ दलभित्रै पनि असन्तोष देखिएको छ ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारको यो कदमलाई ‘कुशासनको अर्को उदाहरण’ भन्दै कडा टिप्पणी गरेका छन् । उनले सरकारको निर्णयको बचाउ न त सरकार आफैँले गर्न सक्ने, न त पार्टीले स्वीकार्न सक्ने धारणा राखेका छन् ।

    कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली कांग्रेसले यो निर्णयको स्वामित्व लिनुहुँदैन । यस्तो कति दिन चल्ने ? विनाशकाले विपरीत बुद्धि !’

    उनको अभिव्यक्तिले सरकारको निर्णयप्रति कांग्रेसभित्रै गहिरो असन्तुष्टि रहेको स्पष्ट देखिएको छ । कुलमान घिसिङको बर्खास्तीले उर्जा क्षेत्रमा देखिएको असन्तोष राजनीतिक वृत्तमा पनि फैलँदै गएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्