images
images
  • जनतालाई गृहमन्त्रीको आग्रह- तानाशाही व्यवस्था आए राम्रो हुन्छ भन्ने भ्रममा नपर्नुहोस्

    काठमाडौं– गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको राजमार्गमा हिँडिसकेको नेपाली समाज पछि फर्कन नसक्ने बताएका छन् ।

    बुधबार भक्तपुरमा जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरको नवनिर्मित भवन उद्‌घाटन गर्दे गृहमन्त्री लेखकले लोकतन्त्र कुनै विकल्प नरहेको भन्दै लोकतन्त्र र गणतन्त्रको राजमार्गमा हिँडिसकेको नेपाली समाज पछि फर्कन नसक्ने बताएका हुन् । उनले लोकतन्त्र र गणतन्त्रका विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोशिश भइरहेको धारणा राखे ।

    उनले लोकतन्त्र र गणतन्त्रमा सरकारले जनताको कुरा सुन्ने र बुझ्ने बताए । मन्त्री लेखकले आफ्ना कमीकमजोरी सुधारेर जाने क्षमता लोकतन्त्रमा हुने उल्लेख गरे ।

    उनले कुनै तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपर्न आग्रह समेत गरे । गृहमन्त्री लेखकले जुनसुकै बेला जस्तोसुकै विपत आउन सक्ने भएकाले विपद्का लागि प्रतिकार्य गर्न तयार भएर बस्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा सांसद दुर्लभ थापाले प्राकृतिक विपतको चूनौतिलाई सामना गर्न तयार भएर बस्नुपर्ने बताए ।

    कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका पत्रकारका साथै भवन निर्माणमा सहयोग पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्