
काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको सानेपास्थित जग्गा जफतको प्रक्रिया हाल अघि बढाइएको छ । कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले यस सम्बन्धी कार्यवाही सुरू गरेको जानकारी दिएको हो ।
विभागका महानिर्देशक सुरेश पन्थीले सर्वोच्च अदालतको आदेश अनुसार यस प्रक्रियामा अघि बढाइएको स्पष्ट पारेका छन् । पन्थीले भने, ‘मालपोत कार्यालयबाट कागजात मागेर प्रतिवेदन तयार गर्दैछौं, र यो केही दिनमा मन्त्रालयमा पेश हुनेछ। गृहमन्त्रीज्यूको निर्णयपछि मात्र जग्गा जफत हुनेछ ।’
सर्वोच्च अदालतको ३० साउन २०६९ मा भएको फैसलामा तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको इजलासले पूर्वमन्त्री खड्कालाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै १ रोपनी ६ आनाभन्दा बढी सानेपास्थित जग्गा जफत गर्ने आदेश दिएका थिए । साथै, २० लाख ५६ हजार ९८७ रुपैयाँ असुल गर्नुपर्ने भनिएको थियो । अबसम्म २० लाख ५६ हजार ९८७ रुपैयाँ असुल भइसकेको जानकारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्