images
images
  • शिक्षक तथा विद्यालय कर्मचारीको ऐनका लागि आज पनि संघर्ष जारी

    काठमाडौं । आज देशभर नयाँ वर्षको उत्सव मनाइँदैछ, त्यही समयमा नेपालका शिक्षक तथा विद्यालय कर्मचारी भने विद्यालय शिक्षा ऐन जारी गराउन दबाब दिँदै सडकमा संघर्षरत छन् ।

    नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, यो नयाँ वर्षको सुरुवात पनि आन्दोलनमै बित्न लागेको छ । उनले भने, ‘हामीले यो नयाँ वर्षलाई उत्सवभन्दा पनि विद्यार्थी, शिक्षक र विद्यालय शिक्षाको भविष्य सुनिश्चित गर्नको लागि समर्पित गरेका छौं ।’

    शिक्षकहरूको आन्दोलन काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा निरन्तर चलिरहेको छ । उनीहरूका अनुसार, माग पूरा नभएसम्म न त थकाइको कुरा हुन्छ, न त विचलनको – केवल जितका लागि अघि बढ्ने अठोट लिएका छन् । सुवेदीले सरकारलाई विगतका सहमतिहरू कार्यान्वयन गर्न र छिटो विद्यालय शिक्षा ऐन ल्याउन आग्रह गरे ।

    उनले अन्य शिक्षक तथा कर्मचारीलाई पनि आन्दोलनमा एकजुट हुन अपील गरेका छन् । शिक्षक तथा विद्यालय कर्मचारीहरूले चैत २० गतेदेखि आन्दोलन सुरु गरेका हुन् । उनीहरूको मुख्य माग भनेको शिक्षा ऐन तुरुन्त जारी गरी विद्यालय शिक्षालाई स्पष्ट र प्रभावकारी बनाउनु हो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्