images
images
  • इस्टर (पुनरुत्थान) महोत्सव-२०८२ को तयारी पुरा, विसौं हजार ख्रीष्टियनहरु सहभागी हुँदै (शान्ति पदयात्रा रुटसहित)

    निरोज तोलाङे, काठमाण्डौँ । उपत्यकाका ललितपुर, भक्तपुर र काठमाण्डौँ जिल्लाका सम्पूर्ण चर्चहरुको संयुक्त आयोजनामा उपत्यकाव्यापी इस्टर (पुनरुत्थान) महोत्सव-२०८२ भक्तपुर सानोथिमीस्थित चारदोबाटोको किङस् गार्डेनको खुला मैदानमा आयोजना हुने भएको छ ।

    आइतबार बिहान ८ः३० देखि सुरु हुने एक दिने महोत्सवमा विसौं हजारको संख्यामा इसाईहरुको सहभागीता रहने आयोजकले अनुमान गरेको छ । शान्तिको सुसन्देश दिने महोत्सवको मुख्य उदेश्य हो ।

    येशु ख्रीष्ट बौरी उठनु भएको दिन भएकोले सम्पूर्ण ख्रीष्टियन समुदायले यस दिनलाई विशेष रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा भव्यताका साथ विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाउँदै आइरहेका छन् ।

    इसाई धर्मावलम्बीले त्यस दिन बिहान सबेरै आ–आफ्ना चर्चमा बिहानीको प्रार्थना सेवापछि शहरका विभिन्न ठाउँमा भेला भई शान्ति प्रार्थनामा सहभागी हुदैँ हर्षका साथ भजन गीतहरू गाउँदै, नाच्दैँ पुनरूत्थान महोत्सवमा सहभागी हुने छन ।

    काठमाडौँ, ललितपुर र भक्तपुरको विभिन्न क्षेत्रबाट पदयात्राको तय गरिएको छ। शान्ति सभामा भेला हुनु अघि शहरका विभिन्न ठाउँबाट शान्ति प्रार्थना पदयात्रामा विभिन्न स्थानीय मण्डलीबाट पुनरूत्थान सम्बन्धी आशामूलक सन्देशहरू लेखिएको संयुक्त व्यानर र प्लेकार्डहरू लिएर काठमाडौँ, ललितपुर र भक्तपुरको विभिन्न क्षेत्रबाट निस्किने छन् ।

    सो शान्ति प्रार्थना पदयात्रा काठमाण्डौँको दक्षिणढोका, मूलपानीबाट आउनेहरु सानो ठिमीमा, भक्तपुरबाट आउनेहरु सल्लाघारीबाट हुँदै चारदोबाटोमा भने, ललितपुरको ग्वार्को पूर्वको चर्चहरु इमाडोल, लुभुबाट हुँदै सिधैँ चारदोबाटोमा र ललितपुरको चापाँगाउँ, सातदोबाटो, पाटन, भैँसेपाटी, सानेपा, कलंकी, स्वयम्भू, सोह्खुट्टे, चाबाहिल, बानेश्वर लगायका काठमाण्डौँ र ललितपुरका विभिन्न चर्चहरुबाट सहभागीहरु हुनेहरु स्वयमले पदयात्रास्थलसम्म यातायातको व्यवस्था गर्ने र उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरको सबै चर्चहरुबाट विभिन्न ठाउँ हुँदै जडिबुटीको पुलपारी पेट्रोल पम्प अगाडि ठिक ७ बजे देखि साढे सात बजेसम्म एकठाउँमा भेला भई र्‍याली गरी कार्यक्रम स्थल भक्तपुर सानोथिमीस्थित चारदोबाटो किङस् गार्डेनको खुला मैदानमा पुगेर संयुक्त सभामा परिणत हुने उपत्यकाव्यापी इस्टर (पुनरुत्थान) महोत्सवका कार्यक्रम संयोजक पा. डिल्लीराम पौडेलले जानकारी दिनुभयो ।

    ललितपुरका संयोजक सुन्दर गुरुङंले यसवर्षको इस्टर (पुनरुत्थान) महोत्सवमा काठमाण्डौं उपत्यकाका सबै मण्डलीहरुबाट सहभागी हुनेगरी विहान र्‍यालीसहित उत्साहजनक सहभागिताको लागि आह्वान गर्नुभएको छ । भने, पदयात्रा र कार्यक्रमस्थलको सुरक्षा सर्तकताको लागि सबै सम्बन्धित निकायलाई समेत उहाँले अपील गर्नुभएको छ ।

    महोत्सवको अवसरमा यो वर्ष १२०० जनाले रगत दान गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ । आयोजकले रगत दान गर्नेहरुको लागि प्रमाण–पत्र साथै मायाको चिनो कप र फलफूल खानाको समेत व्यवस्था गरिएको छ ।

    वि.सं.२०४६ सालमा भएको जनआन्दोलन सफल भई प्रजातन्त्र पुनः बहाली भएसँगै नेपालमा रहेका ख्रीष्टियनहरूले इस्टर सण्डे अर्थात ख्रीष्ट पुनरुत्थानको अवसर पारी हरेक वर्ष देशका विभिन्न ठाउँमा विभिन्न सुसमाचारीय र्‍यालीका साथै सभा तथा गोष्ठी लगायतका कार्यक्रमहरूको आयोजना गरी मनाइँदै आइएको छ ।

    शान्ति पदयात्रा (रुटसहित)

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्