images
images
  • पोपको निधनले संसारका धेरै कार्यक्रम प्रभावित

    काठमाडौं – पोप फ्रान्सिसको निधनले संसारका धेरै देशका निर्धारित कार्यक्रम प्रभावित भएका छन्।

    अस्ट्रेलियामा ३ मेमा हुने निर्वाचनका लागि मंगलबार नै अर्ली भोटिङ सुरु भइसकेको छ। मतदान सुरु भए पनि प्रधानमन्त्री एन्थोनी अल्बानेज र विपक्षी नेता पिटर डटनले चुनावी अभियान स्थगित गरेका छन्।

    साँझमा टेलिभिजनमा हुने बहस कार्यक्रम भने रोकिने छैन। अस्ट्रेलियाको कुल जनसंख्याको २० प्रतिशत क्याथोलिक छन्। संसारका क्याथोलिक मध्य ४० प्रतिशतको बसोबास रहेको ल्याटिन अमेरिकामा पप फ्रान्सिसको निधनमा शोकाकुल भएको छ।

    स्पेनिस भाषाका ज्ञाता पोपले ल्याटिन अमेरिकाका गरिब तथा निसाहयका लागि आफ्ना भनाइ राख्ने गर्थे। यसकारण पनि पोपको निधनमा शोक मनाइएको छ। अर्जेन्टिनामा सात दिन शोक मनाइने भएको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्