images
images
  • सुशासन सबल बनाउन प्रधानमन्त्रीको अध्यक्षतामा १५ सदस्यीय आयोग गठन

    काठमाडौं । सरकारले सुशासनलाई सबल बनाउनका लागि आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सुशासन आयोग गठन गर्ने निर्णय गरेको हो ।

    उक्त आयोग १५ सदस्यीय हुनेछ । आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र योजना आयोगका सदस्य रहनेछन् । निजी क्षेत्रबाट समेत आयोगमा प्रतिनिधि रहने एक मन्त्रीले जानकारी दिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्