images
images
  • नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले लिए शपथ ग्रहण

    काठमाडौं । नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले बिहीबार सपथ ग्रहण गरेका छन् ।

    बुधवार नियुक्त भएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पन्तले आज शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सपथ ग्रहण गरेका हुन् ।

    पूर्व शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीले पन्तलाई शिक्षामन्त्री बनाएका हुन् ।

    समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा निर्वाचित पन्त एमालेका अनुभवी नेता हुन् ।

    पार्टीको अघिल्लो कार्यकालमा अध्यक्ष केपी शर्मा ओलीका आलोचक रहँदै आएका पन्त पछिल्लो समय माधव नेपाल समूहका प्रभावशाली नेताका रूपमा चिनिएका थिए । तर, अन्तिम घडीमा उनी पार्टी विभाजनको विपक्षमा उभिएर एमालेमै रहने निर्णयमा दृढ भएका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्