images
images
  • चाह्यो भने यस्तो सरकारबाट बाहिरिन्छौँ : गगन थापा

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले चाह्यो भने नेपाली काँग्रेस सरकारबाट बाहिरिन सक्ने बताएका छन् ।

    आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसले चाह्यो भने सरकारबाट बाहिरिने बताएका हुन् ।

    ‘आज हामी बाध्यतामा छौं । सरकारमा हामी एक्लै छैनौँ । कतिपय हामीले कम्परमाइज गरेका छौं । तर आधारभूत कुराहरूमा हामी कम्परमाइज गर्दैनौँ,’ उनले भने, ‘हामीले भन्न सक्नुपर्छ, प¥यो भने हामी यस्तो सरकारबाट बाहिर जान्छौँ । सरकार सबैभन्दा ठूलो कुरा होइन ।’

    उनले मुलुक र लोकतन्त्रमा देखिएका समस्याहरूको समाधान नेपाली काँग्रेसले दिनुपर्ने बताए । उनले लोकतन्त्रको रक्षा र जनताको अधिकार प्राप्तिको लागि कसैसँगपनि सम्झौता नगरिने स्पष्ट पारे ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्