images
images
  • पत्रकार महासंघको चुनाव स्थगित, तोकिएन अर्को मिति

    काठमाडौं । नेपाल पत्रकार महासंघको आज हुने भनिएको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ । यसअघि महासंघको २७ औँ महाधिवेशनको निर्वाचन आजका लागि तोकिएको थियो ।

    निर्वाचन स्थगित गरिएको जानकारी दिँदै मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी नयाँ मिति तय गरिने महासंघका अध्यक्ष विपुल पोखरेलले बताएका छन् ।

    शुक्रबार एक सूचना जारी गर्दै पोखरेलले भनेका छन्, ‘यही जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएकोमा उक्त मितिमा मतदान नहुने भएको छ । मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने जानकारी गराइन्छ ।’

    महासंघको मतदाता नामावलीका विषयमा विवाद भएपछि महासंघमा आबद्ध विभिन्न पत्रकार संघ संस्थाले केन्द्र देखि जिल्ला सम्मका महासंघका कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

    निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि पनि पोखरेलले सूचनामार्फत आग्रह गरेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै