images
images
  • बियोगान्त प्रेमकथामा रोशन राईको ‘दुई थुङ्गा फूल’ रिलिज (भिडियो)

    काठमाडौं । गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार)को नयाँ गीत ‘दुई थुङ्गा फूल’ सार्वजनिक भएको छ।

    राई काजी चाम्लिंङको शब्द ,संगीत र लोकेश चाम्लिंङको एरेन्ज रहेको गीतलाई गायक रोशनकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।

    हसन राइको प्रस्तुतीमा बनेको गीतको भिडियोमा कलाकारहरु जीवन भट्टराई र समापिका गौतम अभिनय रहेको छ ।

    बियोगान्त प्रेमकथा देखाइएको भिडियोमा  लक्ष्मी बर्देवाको कन्सेप्ट र जीवन भट्टराईकै निर्देशन रहेको छ । भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको कलर ग्रेडिंङ तथा सम्पादन रहेको छ ।

    गायक तथा संगीतकार रोशन राईको यसअघिका दर्जनौ गीतहरुले चर्चा बटुलिसकेका छन्  ।

    भिडियो हेर्नुहोस् !

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै