images
images
  • शिक्षालाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन सबैको सहयोग चाहिन्छ : शिक्षा श्रेष्ठ

    काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको बताएकी छन् ।

    राष्ट्रियसभाको शुक्रबारको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षकलाई कुनै पनि राजनीतिक दलको जिम्मेवारी र सदस्यमा राख्न नहुने भन्दै यसका लागि राजनीतिक दलको सहयोगको आवश्यकता रहेको बताइन् ।

    उनले शिक्षाका ऐन, नियम र निर्देशिकाको पालनाका लागि अनिवार्य दायित्वका रूपमा आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइन् ।  उनले कमजोर देखिएका विद्यालयको शैक्षिक सुधारमा जोड दिँदै बजेट तर्जुमा गरिएको जिकिर गरिन् ।

    मन्त्री श्रेष्ठले भौतिक निर्माणमा काम गर्ने श्रमिकहरू भारतबाट आउने गरेको भन्दै यसमा नेपालीलाई प्राथमिकता दिने हो भने विद्यार्थीलाई काम पनि सिकाउने र श्रम पनि गराउन सकिने धारणा राखिन्। उनले सिटिइभिटीको पुनःसंरचाका लागि प्रक्रिया सुरु भएको बताइन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै