images
images
  • कांग्रेसले पनि माग्यो बागमतीका मुख्यमन्त्री जम्कट्टेलको राजीनामा

    काठमाडौँ । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा मागेको छ ।

    नेकपा एमालेले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको भन्दै कांग्रेसले मुख्यमन्त्री जम्कट्टेलको राजीनामा मागेको हो ।

    बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले आज एक विज्ञप्ति जारी गर्दै सरकार अहिले कामचलाउको हैसियतमा पुगेको र सो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने बताएका छन् ।

    विज्ञप्तिमा मुलुकको बदलिँदो राजनीतिक परिवेशमा राजनीतिक स्थायित्व र संविधानमा समयानुकूल संशोधन गर्न सङ्घ र सात वटै प्रदेशहरूमा सहमतिको सरकार गठन गर्ने सङ्कल्पका साथ पहिलो र दोस्रो पार्टी नेपाली कांग्रेस र नेकपा एमालेबिच जन अपेक्षित नयाँ समीकरण निर्माण भएको उल्लेख छ ।

    केन्द्रमा कांग्रेस र एमालेबिच भएको सहमति अनुसार बागमतीमा सरकारको नेतृत्व कांग्रेसले गर्नेछ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै