काठमाडौं । युरो कप फुटबल २०२४ को उपाधि स्पेनले जितेको छ । सोमबार राति सम्पन्न फाइनल खेलमा इंग्ल्याण्डलाई २–१ ले हराउँदै अपराजित रहेर स्पेनले उपाधि जितेको हो ।
योसँगै ऊ चारपटक युरो कप उपाधि जित्ने पहिलो टिम बन्यो । यसअघि स्पेन र जर्मनीको नाममा तीन–तीन युरो कप उपाधि थियो । यसअघि स्पेनले सन् १९६४, २००८ र २०१२ को उपाधि जितेको थियो ।
इंग्ल्याण्डको सपना भने यसपटक पनि अधुरै रह्यो । लगातार दोस्रोपटक युरो फाइनलमा पराजित भएको हो । इंग्ल्याण्ड गत संस्करणको युरो कप फाइनलमा इटालीसँग पराजित भएको थियो ।
यसपटक स्पेनलाई कीर्तिमानी उपाधि दिलाउनेक्रममा निको विलियम्स र माइकल ओयारजाबललेले समान १ गोल गरे । यस्तै, इंग्ल्याण्डका लागि कोल पाल्मरले एक गोल फर्काए ।
खेलमा स्पेनले ४७औँ मिनेटमा निको विलियम्सको गोलमार्फत अग्रता लिएको थियो । उनले लामिन यमलको पासमा गोल गरे । ७३औँ मिनेटमा इंग्ल्याण्डका परिवर्तित खेलाडी कोल पाल्मरले गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याए ।
उनले जुड बेलिङ्घमको पासमा गोल गरेका थिए । खेलको ८६औँ मिनेटमा माइकल ओयारजाबलले गोल गर्दै स्पेनलाई युरो उपाधि दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्