images
images
  • सकियो पेरिस ओलम्पिक : स्वर्णमा अमेरिका र चीनको बराबरी, जापान तेस्रो (सूचीसहित)

    काठमाडौं । पेरिस ओलम्पिकमा ९१ देशले पदक जितेका छन् । गएराती सम्पन्न पेरिस ओलम्पिकपछि शरणार्थी टिमसहित २०५ देशले भाग लिएकोमा ६३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ९१ देशले पदक जितेका हुन् ।

    पदक तालिकामा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ काश्य पदक जितेर शीर्ष स्थानमा रह्यो भने अमेरिकालाई पछ्याउँदै चीन ४० स्वर्ण, २७ रजत र २४ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । जापानले २० स्वर्ण, १२ रजत र १३ काश्य पदकसहित तेस्रो स्थानमा रह्यो भने अस्ट्रेलिया १८ स्वर्णसहित १९ रजत र १६ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ । आयोजक फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ काश्य पदक जितेर पाँचौँ स्थानमा रहेको छ ।

    सकियो पेरिस ओलम्पिक : स्वर्णमा अमेरिका र चीनको बराबरी, जापान तेस्रो (सूचीसहित)

    नेदरल्याण्डसले १५ स्वर्ण ७ रजत र १२ काश्य पदकसहित छैठौं स्थानमा रहेको छ भने ग्रेट ब्रिटेन १४ स्वर्ण, २२ रजत र २९ काश्य पदकसहित सातौँ स्थानमा रहेको छ । दक्षिण कोरियाले १३ स्वर्ण, ९ रजत र १० काश्य पदक जितेको छ भने इटालीले १२ स्वर्ण, १३ रजत र १५ काश्य पदक जितेको छ । जर्मनीले १२ स्वर्ण, १३ रजत र ८ काश्य पदक जितेको छ भने न्यूजील्याण्डले १० स्वर्ण, ७ रजत र ३ काश्य पदक जितेको छ । क्यानडाले ९ स्वर्ण, ७ रजत र ११ काश्य पदक जितेको छ भने उज्बेकिस्तानले ८ स्वर्ण २ रजत र ३ काश्य पदक जितेको छ ।

    हंगेरीले ६ स्वर्ण, ७ रजत र ६ काश्य पदक जितेको छ भने स्पेनले ५ स्वर्ण ४ रजत र ९ काश्य पदक जितेको छ । स्विडेन, केन्या, नर्वे र आयरल्याण्डले ४-४ स्वर्ण पदक जितेका छन् भने ब्राजिल, इरान, युक्रेन, रोमानिया, जर्जिया, बेल्जियम, सर्बिया र चेक रिपब्लिकले ३-३ स्वर्ण पदक जितेका छन् । डेनमार्क, अजरबैजान, क्रोएसिया, क्युबा, बहारान, स्लोभेनिया, चाइनिज ताइपेइ, अस्ट्रिया, हङकङ, फिलिपिन्स, अल्जेरिया, इन्डोनेसियाले २-२ स्वर्ण पदक जितेका छन् ।

    इजरायल, पोल्याण्ड, काजकिस्तान, जमैका, दक्षिण अफ्रिका, थाइल्याण्ड, इथोपिया, स्वीजरल्याण्ड, इक्वेडर, पोर्चुगल, ग्रीस, अर्जेन्टिना, इजिप्ट, ट्युनिसिया, बोट्सवाना, चिली, सेन्ट लुसिया, युगाण्डा, ग्वाटेमाला, मोरक्को, डोमीनिका, पाकिस्तानले एक एक स्वर्ण पदक जितेका छन् ।

    टर्की, मेक्सिको, अर्मेनिया, कोल्मबिया, काजकिस्तान, उत्तर कोरिया, लिथुआनिया, कोसोभो, साइप्रस, फिजी, जोर्डन, मंगोलिया, पानामा, ताजकिस्तान, अल्बानिया, ग्रेनाडा, मलेसिया, पुरेटो रिको, काबो भेर्डो, रिफ्युजी ओलम्पिक टिम, पेरु, कतार, सिंगापुर, स्लोभाकिया र जाम्बियाले पेरिस ओलम्पिकमा पदक जितेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै