images
images
  • सरकारी कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहार सुधार्नुपर्छ : उपप्रधानमन्त्री पौडेल

    काठमाडौं- उपप्रधान एवम् अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

    बुधबार ललितपुरमा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम समापनलाई पौडेलले सबै सेवाग्राहीप्रति समान व्यवहार गर्दै कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।

    उनले सेवाग्राहीप्रति समान व्यवहारबाट चुक्ने गरेको गुनासो आउने गरेको भन्दै यसमा राष्ट्रसेवक कर्मचारीले विशेष ध्यान दिनुपर्ने बताए ।

    पौडेलले आफूलाई असल राष्ट्रसेवक कर्मचारी प्रमाणित गर्न पनि मैत्रीपूर्ण काम गर्नुपर्नेमा जोड दिएका छन् ।

    निजामती कर्मचारीहरूले काम गर्दा कानुनसँग बाझिएको छ वा छैन भन्ने ख्याल गर्नुपर्ने समेत उनले बताएका छन् ।

    पौडलले सरुवा-बढुवाका लागि राजनीतिक दल वा मन्त्रीहरूको भनसुनबाट मुक्त हुन पनि कर्मचारीलाई निर्देशन दिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै