images
images
  • त्रिविमा सुरक्षा व्यवस्था मिलाउन शिक्षामन्त्रीको माग

    काठमाडौं– शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् ।

    केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्रीसँग सुरक्षाको माग गरेकी हुन् ।

    मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुरक्षाबारे बाध्य भएर सामाजिक सञ्जालमा लेख्नुपरेको समेत बताएकी छिन् ।

    उनले लेखेकी छिन्– ‘त्रिभुवन विश्वविद्यालयमा केहि दिनदेखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्कि दिने गरेका कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रवन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’

    आफ्नै सरकार हुँदा पनि सामाजिक सञ्जालमार्फत् त्रिविको सुरक्षा माग गरेको भन्दै उनको आलोचना भएको थियो ।

    त्यसपछि उनले लेखेकी छिन्, यहाँहरूले मलाई आवश्यक सुझाव दिनु भएकोमा आभारी छु । मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो, कुनै आवेगमा आएर लेखेको होइन। मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत जानकारि गराउन चाहन्छु ।’

    सुरक्षा जोखिमको कारण देखाउँदै अहिले विश्वविद्यालयका उपकुलपति, रेक्टर, रजिस्ट्रारलगायत पदाधिकारी बिदामा बसेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै