images
images
  • स्वास्थ्यका कर्मचारीको सेवासुविधा बढाउनेबारे अध्ययन भइरहेको छ : स्वास्थ्य मन्त्री पौडेल

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रका कर्मचारी चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र प्रशासकको सेवासुविधा बढाउनका लागि अध्ययन भइरहेको बताएका छन्। परोपकार प्रसुति तथा महिला स्वास्थ्य अस्पतालको ६५ औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन्।

    नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत रहेका डा लोचन कार्की संयोजकत्वको समितिले त्यस विषयमा अध्ययन गरिरहेको उनले बताए। उनले भने,  ‘डा लोचन कार्की संयोजकत्वमा इन्सेन्टिभ बढाउन सकिन्छ कि भनेर अध्ययन गर्न समिति गठन भएको छ। चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनका कर्मचारीको न्युनतम सुविधा बढाउने कोशिस गर्दैछौं।’

    यसैगरी जेल विथआउट बेल स्वास्थ्य संस्थामा मात्रै नभइ स्वास्थ्यकर्मीकै लागि लागु गर्ने उनले बताए। स्वास्थ्यका कर्मचारीमाथि कर्मक्षेत्रबाहिर आक्रमण गरिएपनि क्षम्य नहुने उनले बताए। यस अस्पतालले महिला स्वास्थ्यमा मात्रै नभइ नारी अधिकारी सुनिश्चित गर्न भूमिका निर्वाह गरेको बताए। उनले प्रसासनिक तथा राजनीतिक नेतृत्वमा समाहित गराएर मात्रै नारी अधिकार पूर्ण प्राप्ति नहुने बताउँदै मातृमृत्युदर घटाउनु पनि त्यससँग जोडिएको बताए।

    प्रसुति अस्पताल तुलनात्मक रुपमा व्यवस्थित रहेको उनले बताए। यसले देशभरकै प्रसुति तथा महिला स्वास्थ्यको नेतृत्व गर्नेगरी संरचना बनाउन आफूहरुले तयारी गरेको बताए। ‘साधनस्रोत पर्याप्त पुर्यासउन त सकिएको छैन । अहिलेको साधनस्रोतबाट जुन उपलब्धी भएको छ, यसबाट सन्तुष्ट छैनौं । प्रभावकारीता बढाउन जरुरी छ । कामबारे गुनासो होइन । बढी सक्रियता खोजेको हो,’ उनले भने। क्षमतालाई सेवाभावबाट ओतप्रेत भएर सक्रिय भइदिन उनले अनुरोध गरे।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै